नारिक आवाज/बुटवल,असार ३०- 

रुपन्देहीको तिलोत्तमा –१ ड्राईभरटोलमा अञ्जु सेनीटरी प्याड उद्योग व्यवसायीक रूपमा सञ्चालनमा आएको छ ।

एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालीका–१ की जनप्रतिनीधि पार्बती क्षेत्रीले उद्घाटन गर्दै सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरुको संख्या बढ्दै  गएको समयमा देशका विभिन्न शहरहरुका साथै  भारतबाट आयात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सेनेटरी प्याड किन्दा केही महंगो पर्छ्, तर स् वास् थ्यमा केही समस् या आउँदै न, प्रयोग गर्न सजिलो पनि हुन्छ ।

उद्योगकी सञ्चालक अञ्जु थापा जिसीले सामान्य तालिमका भरमा घरमै सेनेटरी प्याड बनाएर उद्योग सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले २५ लाखको लागतमा सञ्चालनमा अएको उद्योगमा ३ जना कर्मचारी पनि राखिएको बताउनुभयो । सूती कपडा मोरेर बनाइने यस्तो प्याड केही घण्टाको सिकाइबाट सजिलै बनाउन सकिन्छ ।

“सफा पानीले धोएर घाममा सुकाएको प्याड आइरन लगाएर प्रयोग गरेमा ब्याक्टेरिया संक्रमणको संभावना अझ् कम हुन्छ”, उहा भन्नुहुन्छ् । घरेलु सेनिटरी प्याड बजारमा पाइने रेडिमेड प्याडको तुलनामा सस्तो र वातावरणमैत्री मानिने उहाको भनाई छ । उक्त प्याड अनलाइनबाट पनि खरीद गर्न मिल्ने जानकारी दिनु भयो, त्यस्को लागि www.anjupad.com खोल्नु पर्ने हुन्छ ।

कार्यक्रममा वडा जनप्रतिनीधि हिरादेवी बिक, साना किसान कृर्षि सहकारी संस्थाका प्रबन्धक देवी गिरी, साना किसान कृर्षि सहकारी समुह अन्तर समुहकी गितादेबी न्यौपाने लगायतले बोल्दै रेडिमेड सेनिटरी प्याडले स्वास्थ्य जोखिम निम्त्याउने, प्याड लामो समयसम्म नकुहिने भएकाले उक्त प्याड प्रती सचेत रहन आग्रह गरेका थिए । …. रेनु गिरी

New opening Reusable Sanitary Pad in Nepal

Leave a Comment